+
+
Shares

बागमतीका कानुनमन्त्री भन्छन्– प्रदेश सरकार बुख्याँचा जस्तो भयो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ६ गते १३:२२

६ वैशाख, काठमाडौं । बागमती प्रदेशका आन्तरिक, मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने र अपराध नियन्त्रण गर्ने कुरामा भूमिका विहीन भएको गुनासो गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारको भूमिका शून्य देखिएको बताए ।

प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामती, संघीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका विषयहरू संघीय कानुन नभएको कारणले प्रदेश सरकार बुख्याँचा जस्तो भएको टिप्पणी गरे ।

‘संघीय कानुन नबन्दा, शिक्षा विधेयक नआउँदा अहिले १५ दिनदेखि देशभरका शिक्षकहरू आन्दोलनरत हुनुहुन्छ । प्रदेशको हकमा पनि संघले बनाइदिनुपर्ने कानुनहरू संघले नबनाइदिँदा प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामती, संघीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका विषयहरू संघीय कानुन नभएको कारणले प्रदेश सरकार बुख्याँचा जस्तो भएको छ,’ उनले भने ।

संघीय कानुनहरू नबन्दा अहिले प्रदेश सरकारले पर्फमेन्स शून्य देखिएको र नागरिकको नजरमा पनि प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने भ्रम पैदा भएको बताए ।

संघ सरकारले छिटो भन्दा छिटो संघीय कानुन बनाएर प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।

‘अधिकार नभएको गृहमन्त्री, सञ्चार गृहहरू नभएको म सञ्चारमन्त्री । मैले बनाएको कानुन संघीय कानुनसँग जुध्छ । संघीय कानुन १२ सालको छ । त्यसको कानुनमन्त्री । तीन वटा मन्त्रालय सम्हालेको छु । तर अधिकारविहीन छु,’ उनले भने ।

संघले समय सापेक्ष रुपमा कानुन नबनाइदिएको र बनाइदिएको कानुन पनि समय सापेक्ष नगरिदिँदा काम गर्न अत्यन्त कठिन भएको उनको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?