+
+
Shares

काठमाडौंका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउँछौं : उपप्रधानमन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ६ गते १६:१२

६ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौंका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत वडा नं १० बुद्दनगरमा ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहित सुरु भएको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नदी सफा गर्न सिधै ढल मिसाउने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री सिंहले आफूले मन्त्री भएदेखिनै उपत्यकाका नदी प्रणााली स्वच्छ र सफा बनाउनुपर्नेमा जोड दिइरहेको पनि जानकारी गराए ।

‘नदीमा सिधै ढल मिसाउन रोक्नैपर्छ । सरकारले धेरै लगानी गरिसकेको छ । तर, कार्यान्वयनमा कमीकमजोरी भएको कारणले हो कि अब विगतमा भएका गल्ती सच्याउने बेला आइसकेको छ,’ उनले भने, ‘बागमती, विष्णुमती, मनोहरा, धोबिखोलालगायतका उपत्यकाका नदी सफा राख्न यसवर्ष शहरी विकास मन्त्रालयले ठोस कार्यक्रम ल्याउने पनि यहाँहरूलाई जानकारी गराउँदछु ।’

उपप्रधानमन्त्री सिंहले बुद्धनगरवासीले बुद्दनगर सफाइ अभियान चलाइरहेकोमा बधाई दिए ।

अहिले कामनै नभएकोजस्तो गरि हल्ला गरिएकोभन्दै उहाँले यथार्थ के हो बुझ्नुपर्नेमा जोड दिए । ‘काम नभएको होइन भएको छ । भएको कामलाई भयो भनेर कन्सिडर पनि गर्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?