+
+
Shares

पूजामा जान्छु भनेर हिँडेका पुरुषको शव खोलामा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ६ गते १८:२४

६ वैशाख, काठमाडौं । पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थित फोक्सिहर खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

सोही वडास्थित पिपरतुङ बस्ने ६५ वर्षीय कृष्ण बहादुर चिदी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

उनका अनुसार बेलटारीस्थित पूजामा जान्छु भनेर हिँडेका कृष्णबहादुर घरबाट करि ३ सय मिटर पश्चिमतर्फ रहेको भिरबाट तल खोलामा मृत अवस्थामा फेला परेका हुन् ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?