+
+
Shares

बारसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी छ : अध्यक्ष मिश्र

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ६ गते २२:१७

६ वैशाख, काठमाडौं । नेपाल बार एशोसिएसनका नवनियुक्त अध्यक्ष विजय मिश्रले नेपाल बार एशोसिएसनसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल बार एशोसिएशनको वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बार एशोसिएसनको फोरममा बसेर बेन्च राज्य प्रणालीको इज्जत बढाउनका लागि आवश्यक सम्पूर्ण काम गर्ने नैतिक पुँजी रहेको उनले बताए ।

अहिलेको बार एशोसिएशनसँग २०६२ /०६३ सालको कार्यसमितिको जस्तो अपेक्षा नगर्न पनि आग्रह गरे ।

‘बार एशोसिएशनको फोरममा बसेर बेन्च राज्य प्रणालीको इज्जत बढाउनका लागि आवश्यक सम्पूर्ण काम गर्ने नैतिक पुँजी हामीले बोकेका छौँ । त्यसमा थपथाप पनि गर्दिनुहुनेछ । यो बार एशोसिएशन २०६२ /०६३ सालको शम्भू श्रेष्ठ, शेरबहादुर सर, कुमार आचार्यको कार्यसमितिको जस्तो अपेक्षा नगर्नुस् किनभने परिस्थिति भिन्न छ,’ उनले भने ।

अहिलेको परिस्थिति भिन्न रहेकाले भिन्नै तवरबाट समस्याहरुको समाधान हुनुपर्ने बताउँदै उनले आफूहरूले अध्ययन, तालिम, बार एशोसिएसनको भवन निर्माण, सजावट अनि वकिलहरुको क्षमता वृद्धिको लागि काम गर्ने प्रतिवद्धता जनाए ।

‘ अहिले परिस्थिति बेग्लै छ । हाम्रो मानक भनेको अध्ययन, तालिम, बार एशोसिएसनको भवन निर्माण, सजावट अनि वकिलहरुको क्षमता वृद्धिको लागि रहनेछ भन्नेकुरा विनम्रतापूर्वक अनुरोध छ,’ उनले भनेका छन् ।

अध्यक्ष मिश्रले वकिलसँग काम लिएर आउनेहरुलाई तुरुन्तै सेवा प्रदान गर्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?