+
+
Shares

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ११ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते ८:०२

७ वैशाख, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ११ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो ।

साउनदेखि चैत मसान्तसम्म बैंकले २ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब ४४ करोड रुपैयाँ थियो । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी घटेको छ । पहिले ३४.६० रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी अहिले २८.८६ रुपैयाँमा झरेको छ ।

खुद ब्याज आम्दानी सामान्य घट्दा नाफामा असर परेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७ प्रतिशत घटेको छ । बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ४७ करोड रुपैयाँ छ ।

बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.१४ बाट घटेर १.४४ मा कायम भएको छ । बैंकको आधार दर जम्मा ५.०९ प्रतिशत छ । प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?