+
+
Shares

गोलभेंडाको मूल्य बढ्यो, किलोको कति ?  

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते ११:२७

७ वैशाख, काठमाडौं । बजारमा आइतबार गोलभेंडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेंडाको थोक मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको हो ।

कालीमाटी बजारमा शनिबार प्रतिकिलो ५० देखि ४५ रुपैयाँ थोक मूल्य रहेको भारतीय गोलभेंडा आज आइतबार १० रुपैयाँले वृद्धि भएको छ ।

भारतीय गोलभेंडा आज प्रतिकिलो अधिकतम ६० रुपैयाँदेखि औसत ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज नेपाली गोलभेंडाको भने मूल्य बढेको छैन । नेपाली गोलभेंडा ठूलो प्रतिकिलो अधिकतम ४० रुपैयाँ र औसत ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गोलभेंडा लोकल (सानो) र तराई गोलभेंडा (सानो) को प्रतिकिलो थोक मूल्य अधिकतम २५ देखि औसत २२ रुपैयाँमा किनबेच भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?