+
+
Shares

बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?

सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते ११:५१

७ वैशाख, काठमाडौं । २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो । ११ बैंकको नाफा पोहोरको तुलनामा बढेको छ भने ९ को घटेको छ ।

सार्वजनिक विवरणअनुसार नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ ।

यद्यपि वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । सो बैंकको नाफा २१ गुणा बढेको छ । त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । सो बैंकको नाफा ९१.८ प्रतिशत घटेको छ ।

तेस्रो त्रैमाससम्म कुन बैंकको नाफा कति ?

बैंक नाफा, चैत ०८१ नाफा, चैत ०८० वृद्धिदर प्रतिशत
नबिल ५ अर्ब ५ करोड ४ अर्ब ६६ करोड ८.२१
ग्लोबल आईएमई ४ अर्ब ५३ करोड ३ अर्ब ३० करोड ३७.१२
एनआईएमबी ४ अर्ब ५४ करोड ३ अर्ब २७ करोड ३८.६१
एनएमबी २ अर्ब ३७ करोड २ अर्ब २४ करोड ५.८८
एभरेस्ट ३ अर्ब ४५ करोड २ अर्ब ६० करोड ३२.५५
एनआईसी एसिया १५ करोड १ अर्ब ९१ करोड –९१.८१
कृषि विकास १ अर्ब ८४ करोड २ अर्ब ५ करोड –१०.१६
प्राइम २ अर्ब २२ करोड २ अर्ब ८७ करोड –२२.५५
स्टान्डर्ड चार्टर्ड २ अर्ब १७ करोड २ अर्ब ४४ करोड –११.१७
नेपाल एसबीआई १ अर्ब २० करोड १ अर्ब १६ करोड ३.३५
सिटिजन्स ९६ करोड १ अर्ब २१ करोड –२०.५९
सानिमा १ अर्ब ६५ करोड १ अर्ब ४३ करोड १४.७९
माछापुच्छ्रे १ अर्ब १० करोड ८५ करोड २८.८९
कुमारी २८ करोड १ अर्ब ५ करोड –७२.८५
नेपाल २ अर्ब ७८ करोड १३ करोड २०३२.७९
सिद्धार्थ १ अर्ब ६६ करोड १ अर्ब ६८ करोड –०.९३
लक्ष्मी सनराइज १ अर्ब ६५ करोड १ अर्ब ६१ करोड २.२४
हिमालयन ५० करोड १ अर्ब ९४ करोड –७४.३३
प्रभु १ अर्ब ८७ करोड १ अर्ब ८१ करोड ३.५०
राष्ट्रिय वाणिज्य १ अर्ब २० करोड २ अर्ब ३७ करोड –४९.२८

स्रोत – सार्वजनिक वित्तीय विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?