+
+
Shares

‘महाभोज’को पोस्टरले कथावस्तुबारे के दर्शाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १३:३८

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ गणतन्त्र दिवसको अवसरमा जेठ १५ गतेदेखि प्रदर्शन तयारीमा छ । यस्तोमा, निर्माताले प्रवर्धन अभियान थालेका छन् ।

निर्माताले आइतबार दुई नयाँ पोस्टर सार्वजनिक गरे । सार्वजनिक पोस्टरमा गरिएका पोस्टरमा प्रमुख ६ कलाकार आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ ।

पोस्टरको पृष्ठभूमिमा नोटलाई चित्रण गरिएकाले यो फिल्म राजनीतिक र सामाजिक कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ, जसमा मुख्य ६ कलाकारसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपाल चित्रित छन् ।

निर्देशक राउतले मंगलबार टिजर सार्वजनिक गरिने बताए । उनले भने, ‘यो फिल्मले समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई यस चलचित्रमा उजागर गर्ने प्रयास गरेको छ ।’

यो फिल्म सामाजिक यथार्थमा आधारित छ जसमा नेपाली समाजको वर्ग संघर्ष प्रस्तुत गरिएको छ । ‘महाभोज’ क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो भने निर्माता हिमाल कडरिया हुन् । पटकथा विकास सुवेदीले लेखेका हुन् । निर्माताका अनुसार उक्त मितिमा यो फिल्म नेपालसहित विदेशमा पनि प्रदर्शनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?