+
+
Shares

राप्रपा प्रदर्शन : राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो

नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १८:०३

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहेका सातै जनालाई प्रहरीले छाडेको छ ।

नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले बताए ।

छुट्नेहरुमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल छन् ।

उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?