+
+
Shares

कृष्णभीरबाट त्रिशूलीमा खस्यो मोटरसाइकल, एक जनाको अचेत अवस्थामा उद्धार

नदीबाट अचेत अवस्थामा एक व्यक्तिको उद्धार गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १८:४७

७ वैशाख, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरबाट एक यात्रु सहितको मोटरसाइकल त्रिशूली नदीमा खसेको छ ।

आइतबार दिउँसो काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश– ०५४ प ४०५४ नम्बरको मोटरसाइकल कृष्णभीरबाट करिब २०० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

नदीबाट अचेत अवस्थामा एक व्यक्तिको उद्धार गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।

अचेत अवस्थामा उद्धार गरिएका युवाको साथबाट सिन्धुलीको तीनपाटन गाउँपालिका–९ ठेगाना भएको मीनबहादुर तामाङ नामको मतदाता परिचयपत्र समेत प्रहरीले फेला पारेको छ ।

उद्धार गरिएका व्यक्ति अचेत रहेकाले उनको पहिचान हुनसकेको छैन भने उक्त मोटरसाइकलमा समेत उनी मात्रै थिए अर्को व्यक्ति पनि सवार थिए भन्ने यकिन हुन नसकेको एसपी सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?