
७ वैशाख, काठमाडौं। यसवर्षको प्रभा कार्की संघर्षशील नारी पुरस्कार जाजरकोटकी देवी नेपालीलाई प्रदान गरिने भएको छ ।
गत शुक्रबार राजेश्वर कार्कीको अध्यक्षतामा बसेको बैठकले यसवर्षको प्रभा कार्की संघर्षशील नारी पुरस्कार देवी नेपालीलाई दिने निर्णय भएको आयोजकले जनाएको छ ।
उक्त पुरस्कारको राशि २१ हजार १०१ रुपैयाँ रहेको छ ।
उक्त पुरस्कार योगेश्वर स्मृति प्रतिष्ठानको आयोजना एवम् त्रिभुवन माध्यमिक विद्यालयको सहआयोजना र कवि हरि सन्दर्भको संयोजनमा आगामी वैशाख २२ गते खलङ्गा, जाजरकोटमा प्रदान गरिने आयोजकले जनाएको छ ।
संघर्षशील ममतामयी माता प्रभा कार्कीका नाममा हरेक वर्ष प्रदान गरिदै आएको यो पुरस्कारको स्थापना उनका छोराहरू राजेश्वर कार्की, परमेश्वर कार्की र ज्ञानेश्वर कार्की वि.सं.२०८० सालमा स्थापना गरेका हुन् ।
प्रतिक्रिया 4