७ वैशाख, काठमाडौं । नेपाल र बंगलादेश बिचको महिला कबड्डी टेष्ट सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । आज सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको पहिलो खेलमा नेपाल ले बंगलादेशलाई ४१-१८ ले पराजित गरेको छ ।
उक्त खेलमा नेपालका कप्तान मानमती बिष्टले प्लेअर अफ दि म्याच घोषित भइन् । उनले नगद ५००० प्राप्त गरेकि छिन् । उक्त कार्यक्रमको उद्घाटन राखेप का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए । दोस्रो खेल सोमबार हुनेछ।
प्रतिक्रिया 4