
७ वैशाख, सुनसरी। सुनसरीको धरान–इटहरी सडकखण्डस्थित चारकोसे जंगल क्षेत्रमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।
गए राति (वैशाख ६) धरानबाट इटहरीतर्फ आउँदै गरेको वाग्मती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार, कारमा चालकसहित चारजना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका इटहरी उपमहानगरपालिका–१ का ४० वर्षीय विष्णु राउतको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार, चालक सुनसरीकै रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् ।
चालक र बस्नेतको अवस्था सामान्य छ । कटुवाललाई थप उपचारका निम्ति मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा ‘रेफर’ गरिएको छ ।
प्रतिक्रिया 4