+
+
Shares

पाल्पामा जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, ५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते २१:५५

७ वैशाख, पाल्पा । पाल्पामा यात्रुवाहज जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ३ बैघाकी १७ वर्षीया एलिजा सारु रहेको स्थानीय रमेश न्यौपानेले जानकारी दिए ।

सारुको जिपले च्यापिएर ज्यान गएको न्यौपानले बताए । आइतबार बेलुका तानसेनबाट भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली ४ को बेलडाँडा भन्ने स्थानमा ब्रेक फेल भई दुर्घटना भएको हो ।

ब्रेक फेल भएको गाडी सडकै पल्टिदा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको टाउँकोेमा चोट लागेका कारण अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सबै घाइतेलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासका उपचारका लागि पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?