८ वैशाख, काठमाडौं । ट्रेन्ट अलेजान्डर आर्नोल्डले बेन्चबाट आएर गोल गर्दै निर्णायक गोल गरेपछि लेस्टर सिटाई १-० ले पराजित गर्दै लिभरपुल प्रिमियर लिगको उपाधि नजिक पुगेको छ ।
अब लिभरपुललाई उपाधि जित्न ३ अंक मात्र आवश्यक छ भने यो हारपछि लेस्टर सिटी भने रेलिगेसनमा परेको छ ।
७१औं मिनेटमा कोनोर ब्राडलीको स्थानमा मैदान प्रवेश गरेका आर्नोल्डले ७६औं मिनेटमा गोल गरेका थिए । त्यही गोल नै लिभरपुलाई जिताउन निर्णायक बन्यो ।
जितपछि लिभरपुलको ३३ खेलबाट ७९ अंक भएको छ । त्यसअघि दोस्रो स्थानको आर्सनलले इप्स्विच टाउनलाई ४-० ले पराजित गरेपछि लिभरपुलले उपाधि उचाल्नका लागि थप समय कुर्नुपर्ने भएको छ ।
आर्सनलको ३३ खेलबाट ६६ अंक छ । अर्को साता टोटनहमलाई पराजित गरेमा लिभरपुल ४ खेल अगावै लिग च्याम्पियन बन्नेछ ।
त्यसअघि आर्सनलले क्रिस्टल प्यालेससँग खेल्नेछ । यदी आर्सनलले प्यालेससँग अंक गुमाएमा पनि लिभरपुलले उपाधि जित्नेछ ।
प्रतिक्रिया 4