+

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा.शर्मालाई

२०८२ वैशाख  ८ गते १०:५० २०८२ वैशाख ८ गते १०:५०
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा.शर्मालाई

८ वैशाख, काठमाडौं । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा.संजिव कुमार शर्माले पाएका छन् । शर्मालाई प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीको निर्णयअनुसार आइतबार निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानले जानकारी दिइन् ।

प्रतिष्ठानको शिक्षाध्यक्ष रहेका शर्मालाई नयाँ उपकुलपति सिफासिर भई नियुक्ति नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ ।

यसअघिको उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकाल गत चैत २६ गते सक्किएको थियो । शर्माले यसअघि पनि यस प्रतिष्ठान निमित्त उपकुलपतिको जिम्मेवारी पाएका थिए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय