+
+
Shares

सरकारले तोक्यो ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते ११:४४

८ वैशाख, काठमाडौं । चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिएको छ ।

उपकुलपतिको कार्यकाल सकिएसँगै गत बिहिबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डीन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीले पाएका छन् ।

त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी रेक्टर प्रा.डा. पवन शर्मा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा.डा. संजीव शर्मालाई दिइएको छ ।

निमित्त उपकुलपतिहरुलाई प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्ने अधिकार दिइएको हो ।

चारवटै प्रतिष्ठानमा गत चैत्र २३ देखि २७ गतेसम्ममा उपकुलपतिहरुको चार वर्षे कार्यकाल सकिएको थियो ।

यसअघि पोखरामा पोखरामा प्रा.डा. डुकबहादुर क्षेत्री, धरानमा डा. ज्ञानेन्द्र गिरी, , कर्णालीमा डा. मंगल रावल र पाटनमा प्रा.डा. राजेशनाथ गंगोल उपकुलपति थिए ।

चारवटै प्रतिष्ठानमा उपकुलपतिका लागि सरकारले सिफारिस समिति गठन गर्ने र सो सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नयाँ उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?