
८ वैशाख, काठमाडौं । टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए । सोही भिडियोका आधारमा उनलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले नियन्त्रणमा लिएको हो ।
उनलाई मायादेवी गाउँपालिका-१ पकडी स्थित मायादेवी होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4