
सिड्नी । साहित्यकार रामप्रसाद कोइरालाई ‘नइ पारिजात साहित्य पुरस्कार’ प्रदान गरिएको छ । उनलाई प्रमाणपत्र र ५०० डलर नगदसहित सम्मान प्रदान गरिएको हो ।
त्यस्तै अष्ट्रेलियामा पत्रकारद्वय सीता रसाइली (सिड्नी) र निरु त्रिपाठी (मेलबर्न)लाई पत्रकारिता क्षेत्रबाट योगदान पुर्याएको भन्दै कदरपत्रसहित सम्मान प्रदान गरिएको छ ।
शनिबार सिड्नीमा आयोजित ‘नइ पारिजात तथा युथ अफ द इयर २०२५’ कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
सोही कार्यक्रममा ‘नइ युथ अफ द इयर २०२५’ मा १२-२४ वर्ष उमेर समूहका पाँच युवा प्रतिभा सम्मानित भएका छन् । सम्मानित हुनेमा सिमोन श्रिपाइली (नृत्य, सिड्नी), मोक्षदा अम्गाई (साहित्य, नेपाल), सन्देश पौडेल (गायन, नेपाल), गोरीमा रायमाझी (नृत्य, मेलबर्न), मीया पुन (खेलकुद, सिड्नी) रहेका छन ।
कार्यक्रममा नइ एकेडेमी नेपालकी संस्थापक इन्दिरा प्रसाईंले अनलाइनमार्फत मन्तव्य दिंदै साहित्यिक योगदानको उच्च प्रशंसा गरिन्।
कार्यक्रममा नइ एकेडेमी अध्यक्ष सीमा रोशीले व्यक्तिगतर्फबाट संस्थालाई ५००० डलर योगदान प्रदान गर्ने घोषणा गरेकी छन् ।
प्रतिक्रिया 4