+
+
Shares

‘कार्की साइँला’मा जितु र वर्षाले जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १४:०३

काठमाडौं । आगामी फिल्म ‘कार्की साइँला’मा जितु नेपाल र वर्षा सिवाकोटीले जोडी बाँध्ने भएका छन् । सोमबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा फिल्मको शुभसाइत पूजा गरियो ।

जितु र वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गर्नेछन् । बालकुमार राई निर्माता रहेको फिल्ममा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङको अभिनय हुनेछ ।

पटकथा र संवाद अजित लामिछानेको छ । एक्सन कोरियोग्राफी राजु किराँती, संगीत बाबुल गिरी, नृत्य कमल राईको हुनेछ ।

फिल्मले ग्रामीण जीवनको कथा भन्नेछ । एक भरिया पात्रको कथालाई प्रस्तुत गरिने निर्देशक बस्नेतले बताए । बैशाख २० गतेदेखि धनकुटा जिल्लाको विभिन्न स्थानमा छायांकन गरिने यो फिल्मको बाँकी अभिनय कलाकारबारे खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?