+
+
Shares

उपसमितिको प्रतिवेदन बाहिर ल्याएको भन्दै पत्रकारसँग एमाले सांसद पन्त आक्रोशित

संसदीय उपसमितिले अवकाश प्राप्त निजामती कर्मचारीलाई भ्रष्टाचार लगायतका कसुरमा दोषी ठहर भएपनि पेन्सन सुविधा पाउने गरी प्रतिवेदन तयार पारेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १४:०८
फाइल तस्वीर

८ वैशाख, काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई पेन्सन दिने विषय बाहिरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।

सोमबार सिंहदरबारमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो आपत्ति जनाएका हुन् ।

संसदीय उपसमितिले अवकाश प्राप्त निजामती कर्मचारीलाई भ्रष्टाचार लगायतका कसुरमा दोषी ठहर भएपनि पेन्सन सुविधा पाउने गरी प्रतिवेदन तयार पारेको थियो ।

उक्त प्रतिवेदन समितिमा नै नआएको र पारित नै नभइ सञ्चारमाध्यममा प्रकाशित भएको भन्दै सांसद पन्तले यसबारे गम्भीर हुन आग्रह गरे ।

‘फाइनल रिपोर्ट मात्र दिने हो । समितिले फाइनल गरेपछि मात्रै प्रेसको हातमा पुग्नुपर्‍यो,’ सांसद पन्तले भने ।

साथै, उनले पत्रकारहरूका कारण मिथ्या सूचना फैलिने डरले सरकारी कर्मचारीहरू समितिमा आएर बोल्ने अवस्था नरहेको पनि बताए । आफू पनि पत्रकारिताकै क्षेत्रबाट आएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय अभ्यासहरूमा पनि यस्तो नहुने बताए ।

‘यहाँ मिस इन्फरमेसन हुन थाल्यो । अर्को पटक को मुख्यसचिव आउँछ ? जसले यहाँ बोलेको कुरा बाहिर अपव्याख्या भएर उसको विरुद्धमा नारा लाग्न थालेपछि कुन मुखले मुख्यसचिवले आएर बोल्छ ? को कर्मचारी आएर बोल्छ समितिमा ? हामीले उत्तरदायी हुनुपर्दैन ?,’ सांसद पन्तले भने, ‘इन्टरनेशनल प्राक्टिस पनि हेरौँ हामीले यत्तिकै भनेको होइन । मैले अमेरिका, क्यानडा, अस्ट्रेलियाको प्राक्टिस हेरे । पत्रकारको लागि १०० मा १०० प्रतिशत कुनै पनि बैठक खुला हुँदैन । भारत र बङ्गलादेशमा समितिको बैठकमा प्रेसलाई नो इन्ट्रि छ ।’

सत्तारुढ दलका सांसद रहेका पन्तले आफूहरू भ्रष्टाचारीहरुलाई जोगाउन नखोजेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?