+
+
Shares
हलिउड :

हलिउड अभिनेत्री क्रिस्टन स्टीवर्टले गरिन् प्रेमिकासँग विवाह

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १४:३७
क्रिस्टन स्टीवर्ट (दायाँ) ।

लस एन्जलस । हलिउड फिल्म ‘ट्वाइलाइट’ फिल्मको श्रृंखलाबाट विश्वभर चर्चित अभिनेत्री क्रिस्टन स्टीवर्टले विवाह गरेकी छिन् । उनले आफ्नी प्रेमिकालाई जीवनसाथी बनाएको हलिउड संचारमाध्यमले जनाएका छन् ।

उनले लगभग ६ वर्षदेखि डिलन मेयरसँग डेट गरिरहेकी थिइन् । दुबैको विवाहको तस्वीरले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । क्रिस्टनले धेरै वर्ष पहिले आफू ‘बाइसेक्सुअल’ भएको घोषणा गरेकी थिइन् ।

डिलन पेशाले फिल्म लेखिका हुन् । ‘ट्वाइलाइट’ स्टारले अमेरिकाको लस एन्जलसमा आयोजित एक निजी समारोहमा लामो समयदेखिकी प्रेमिकासँग विवाह गरेकी हुन् । यी दुईबीच तीन वर्षअघि इन्गेजमेन्ट भएको थियो ।

टीएमजेडका अनुसार, ३५ वर्षीया स्टीवर्ट र ३७ वर्षीया मेयरले अप्रिल २०, २०२५ को इस्टरको अवसरमा आइतबार लस एन्जलसस्थित घरमा विवाह गरेका हुन् । सो अवसरमा उनीहरू निकट व्यक्ति उपस्थित थिए । उक्त पोर्टलले विवाहका फोटोहरू पनि सार्वजनिक गरेको छ ।

क्रिस्टेन र डिलनको भेट एक फिल्ममा काम गर्ने क्रममा भएको थियो । अगस्ट २०१९ मा उनीहरूको प्रेम सम्बन्धको हल्ला बाहिर आएको थियो । त्यसपछि अक्टोबर २०१९ मा, दुवैले इन्स्टाग्राममा आफ्नो सम्बन्ध सार्वजनिक गरे । सम्बन्धलाई अगाडि बढाउँदै, उनीहरूले २०२१ मा इन्गेजमेन्ट गरे । क्रिस्टेनले डिलनले आफूलाई प्रपोज गरेको पनि बताइन् ।

क्रिस्टेनको जन्म अप्रिल ९, १९९० मा अमेरिकामा भएको थियो । उनी १२ वर्षको उमेरदेखि नै ग्ल्यामर दुनियाँमा काम गर्दै आएकी छिन् । उनले ‘द ट्वाइलाइट सागा’ फिल्म श्रृंखला (२००८-२०१२) मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रसिद्धी हासिल गरिन् । सन् २०१७ मा उनले आफूलाई बाइसेक्सुअल घोषणा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?