+
+
Shares

मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको हो ।

रासस रासस
२०८२ वैशाख ८ गते १८:५९
८ वैशाख, तनहुँ । व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट खानेपानी योजना अधुरै रहेको छ । निर्माणमा संलग्न व्यवसायीको लापरवाहीका कारण उक्त योजना समयमै निर्माण गर्न नसकिएको हो ।
भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको हो । निर्माणको ठेक्का पाएको ‘पराजुली कन्स्ट्रक्सन’का सञ्चालक सतिश पराजुलीले निर्माण कार्य बाँकी छाडेर सम्पर्कबिहीन भएपछि उक्त योजना सम्पन्न हुन नसकेको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।
सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना  अघि बढाइएको थियो । विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा उक्त योजनाबारे सम्झौता भएको व्यवस्थापक श्रेष्ठले बताउनुभयो । उक्त योजनाको हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति रहेको छ ।
‘तीन पटकसम्म योजना निर्माणको म्याद थप गरिसकेका छौँ’, उनले भने ।  व्यवस्थापक श्रेष्ठका अनुसार अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको रिर्जभ टयाङ्की निर्माण गरिएको छ । तर भद्रुमा ५० हजार लिटर क्षमताको टयाङ्की निर्माण कार्य अधुरै छ । रु १९ करोडको लागतमा उक्त आयोजना निर्माण कार्य अघि बढाइएको हो।
‘निर्माणमा  ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भएको छ’, उनले भने । व्यास–४ चुरेखोल्सीस्थित मादी नदीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको हो ।
विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भएको हो । संस्थाले हालसम्म दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । व्यास–१३ करादी खिरखादी मुहानबाट ल्याएर पानी वितरण गरिँदै आएको छ ।
सो क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानी अभाव भएको हो । उक्त अभाव पूरा गर्न वैकल्पिक खानेपानीको रूपमा मादी नदी लिफ्टिङ खानेपानी योजना निर्माण अघि बढाइएको व्यवस्थापक श्रेष्ठले बताए ।
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?