+
+
Shares

एक महिने जैविक कृषि जागरण अभियान हुँदै

खाद्य अभियानले रासायनिक मल र विषादी प्रयोग घटाउने र जनचेतना बढाउन जागरण अभियान चलाउन लागेको जनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १९:१७

८ वैशाख, काठमाडौं । रासायनिक मल र विषादी प्रयोग नियन्त्रण गरी माटो र मानव स्वास्थ्यप्रति जनचेतना जगाउन उद्देश्यले एक महिने जैविक कृषि जागरण अभियान हुने भएको छ ।

खाद्यका लागि कृषि अभियानले जैविक कृषि जागरण अभियान २०८२ गर्ने भन्दै पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।

कृषिसम्बन्धी काम गर्ने संघसंस्थाको अनौपचारिक फोरमका रूपमा रहेको कृषिका लागि खाद्य अभियानले रासायनिक मल र विषादी प्रयोग घटाउने र जनचेतना बढाउन जागरण अभियान चलाउन लागेको जनाएको हो ।

अभियानका संयोजक उद्धव अधिकारी भन्छन्, ‘एकातिर हाम्रो स्थानीय उत्पादन आवश्यक रूपमा बढ्न सकेको छैन भने अर्कातिर हानिकारक आयातित प्रशोधित अल्पपोषक खानामा भर पर्नु परिरहेको छ । यसको नियन्त्रणका लागि अभियान सुरु गर्न लागेका हौं ।’

अभियानका अुनसार सरकारले खाद्य सुरक्षा तथा बीउ संरक्षण र विषादी नियन्त्रण प्राथमिकता दिए पनि दलाललाई फाइदा पुग्ने खालको बेथितिबाट यस्ता प्राथमिकता कार्यान्वयन हुनेमा विश्वास गर्ने आधार नदेखिने अवस्था छ ।

अभियन्ता समेत रहका कृषि विज्ञ डा. कृषि पौडेलले जागरण यात्रामा हुने सबै भेटघाट र संवादलाई स्वस्थ र पोषणयुक्त खाना प्राप्त गर्ने नैसर्गिक अधिकारको सुनिश्चितता, कृषि, खाद्य, भूमि, जलवायु लगायत जीवनका आधारभूत पक्षमा किसान समुदाय विशेष गरी महिला, दलित, आदिवासी जनजाति र विपन्न समूहको न्यायसंगत हक स्थापित गर्ने र सरोकारवालालाई जवाफदेही बनाउन एक सशक्त अवसरका रूपमा लिने बताए ।

यस्तै अर्का अभियान्ता दीपेश नेपालले स्थानीय सरकारदेखि संघीय सरकारसम्म जोडिने व्यक्तिलाई जैविक कृषि विषयमा घचघच्याउने, दबाब दिने र आमसमुदायमा जागरण फैलाउने काम गर्ने बताए ।

काठमाडौंबाट सुरु हुने अभियान मध्यपहाडी क्षेत्रका पालिका, विद्यालय, कृषि समूह, कृषि फार्महरूको भ्रमण तथा अन्तक्र्रिया हुनेछ ।

भोलिबाट पहिलो दिन नमोबुद्ध नगरपालिकासँग अभियानले छलफल र जागरण कार्यक्रम गर्ने छ र पूर्वी पहाडी र तराईका विभिन्न ठाउँमा कार्यक्रम ७ जेठमा अभियान सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?