+
+
Shares

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १९:५१

७ वैशाख, काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

उक्त आयोग १५ सदस्यीय हुनेछ । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहने बताइएको छ ।

त्यस्तै, निजी क्षेत्रबाट पनि आयोगमा प्रतिनिधित्व रहने ती मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?