+
+
Shares

धुर्मुस सुन्तलीलाई लिएर फिल्म ‘पाँच पाण्डव’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १२:२१

काठमाडौं । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई लिएर कथानक फिल्म ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । वसन्त निरौलाले निर्देशन गर्ने यो फिल्मलाई कल्याणी साखले निर्माण गर्नेछिन् ।

चैत १७ गते चलचित्र विकास बोर्डले यो फिल्मलाई निर्माण इजाजत दिएको छ । ३ करोड ३२ लाख रुपैयाँ बजेट तय गरिएको यो फिल्मको निर्माण काली रानी फिल्म्सको ब्यानरमा हुन लागेको बोर्डको अभिलेखमा उल्लेख छ ।

धुर्मुस र सुन्तली पछिल्लोपटक ५ वर्षअघि रिलिज भएको ‘सेन्टी भाइरस’मा एकसाथ देखिएका थिए । धुर्मुस भने पछिल्लोपटक ‘लाज शरणम्’मा देखिएका थिए ।

निर्देशक निरौलाले निर्देशन गरेको फिल्म ‘ज्वाइँ साब’ दशैंमा प्रदर्शनमा आएको थियो । ‘पाँच पाण्डव’बारे निर्माताले अहिलेसम्म आधिकारिकरुपमा केही बताएका छैनन्, यद्यपि, धुर्मुस र सुन्तलीलाई पुनः पर्दामा एकसाथ देख्न पाइने भएपछि दर्शक उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?