९ वैशाख, काठमाडौं । स्पेन तथा बार्सिलोनाका युवा मिडफिल्डर लामियन यमालले लाउरेस वर्ल्ड ब्रेकथ्रु प्लेअर अफ दि इअर अवार्ड जितेका छन् । स्पेनको राजधानी मड्रिडमा सोमबार भएको लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड २०२५ मा युवा फुटबल स्टार यमालले ब्रेकथ्रु प्लेअरको अवार्ड जितेका हुन् ।
अमेरिकी जिम्न्यास्ट सिमोन बेइल्स र एथ्लेटिक्सका मोन्डो डुप्लान्टिस वर्षको उत्कृष्ट खेलाडी घोषित भए । बाइल्सले पेरिस ओलम्पिकमा तीन स्वर्ण र एक रजत पदक जितेकी थिइन् । यस्तै स्वीडेनका पोलभल्ट खेलाडी डुप्लान्टिसले पेरिस ओलम्पिक स्वर्ण जितेका थिए भने दोस्रो पटक वर्ल्ड इन्डोर च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । यस्तै उनले नवौँ पटक आफ्नै विश्व कीर्तिमान पनि तोडेका थिए ।
स्पानिस जायन्ट रियल मड्रिडले ‘वर्ल्ड टिम अफ द इयर’ को अवार्ड जित्यो । स्पेनका महान टेनिस खेलाडी राफेल नाडालले ‘स्पोर्टिङ आइकन अवार्ड’ प्राप्त गरे भने अमेरिकी सर्फर केली स्लाटरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।
ब्राजिलियन जिम्नास्ट रेबेका एन्ड्रेडेले ‘कमब्याक अफ द इयर’ को अवार्ड पाउँदा ‘वर्ल्ड एक्सन स्पोर्ट्सपर्सन अफ द इयर’ को अवार्ड बेलायती माउन्टेन बाइक खेलाडी टम पिडककले पाए ।
युयान जियाङलाई वर्षको उत्कृष्ट डिजाबिलिटी खेलाडीको अवार्ड प्रदान गरियो।
प्रतिक्रिया 4