+
+
Shares

सर्लाहीका दुई दर्जन बढी किसानलाई मौरीको घार वितरण   

रासस रासस
२०८२ वैशाख ९ गते १३:०४

९ वैशाख, सर्लाही । सर्लाहीका व्यावसायिक मौरीपालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच जिल्लाका २८ मौरीपालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो ।

नेपाल मौरीपालक किसान महासंघ सर्लाहीको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उपआयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले बताए ।

उनका अनुसार मौरीपालक किसानको व्यावसायिक विकासका लागि ग्रामीण उद्यम तथा विकास आयोजना बर्दिवासको रिड परियोजनाले अनुदानमा विभिन्न सामग्री उपलब्ध गराएको हो ।

प्राप्त सामग्री औपचारिक कार्यक्रमकाबीच किसानलाई वितरण गरिएको महासङ्घका अध्यक्ष डम्बरदेव पाण्डेले बताए ।

उनका अनुसार जिल्लाको चुरे क्षेत्रअन्तर्गत लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका गरी २८ जना किसानलाई परियोजनाले समेटेको छ ।

४६ प्रतिशत अनुदानमा प्रतिकिसान १९ घार, १९ स्टैन्ड, १९ फिल्टर, एउटा टोपी, १९ किलो आधार चाका र एक जोडी पञ्जा वितरण गरिएको पाण्डेले जानकारी दिए ।

किसान हेमराज देवकोटाले २८ किसानका लागि सामूहिक आधार चाका निर्माणका लागि एक थान मेसिनसमेत प्राप्त भएको मौरीपालक बताए ।

किसानको वृत्तिविकासका लागि परियोजनाले पहिलो चरणमा पाँच सय ३२ वटा मौरीको घार वितरण गरेको अध्यक्ष पाण्डेले बताए ।

उक्त सामग्री हरिवन नगरपालिकाकी प्रमुख हरिमाया घलानले किसानलाई वितरण गरेकी हुन् । यस कार्यक्रमले किसानको दिगो विकासमा टेवा पुर्‍याउने उनको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?