+
+
Shares

शिक्षकको आन्दोलनले काठमाडौंमा यातायात सेवा प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १३:३१

९ वैशाख, काठमाडौं । शिक्षकको सडक आन्दोलनका कारण काठमाडौंको यातायात अस्तव्यस्त बनेको छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले मुख्य सडक बन्द गराएपछि यातायात सेवा अस्तव्यस्त बनेको हो ।

शिक्षकहरुले २१ दिनदेखि काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् ।

नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोलनका कारण तीनकुनेदेखि माइतीघर क्षेत्रसम्मको यातायात सेवा प्रभावित भएको छ ।
निरन्तरको आन्दोलनका कारण बानेश्वर–माइतीघर क्षेत्रको मुख्य सडक नै बन्द छ । यसको असर अन्य क्षेत्रमा पनि परेको छ । शिक्षकको आन्दोलनका कारण यो क्षेत्र नै ठप्प भएको छ ।

मुख्यसडक बन्द भएपछि सार्वजनिक सवारी साधानलाई तीनकुनेबाट बानेश्वरतर्फ आउन रोक लगाइएको छ ।

साना सवारी साधनसमेत डाइभर्ट गरिएपछि करिडोरमा लामो जाम लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?