+
+
Shares

रिहान र साम्राज्ञीले पाँचथरबाट थाले ‘आहुति’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १४:२३
छायांकन सेटबाट प्राप्त भिडियोमा रिहान र साम्राज्ञी (दायाँतर्फ उभिएकी) ।

काठमाडौं । ‘होस्टेल ३’बाट रिहान गिरीको चर्चा आकासियो । उनको यो डेब्यु फिल्म २०८१ सालको हिट समेत हो । ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनबाट नेपाली तन्नेरीमाझ चर्चित यी भुटानी अभिनेता यतिबेला दोस्रो फिल्मको छायांकनमा व्यस्त छन् ।

उनको दोस्रो फिल्म ‘आहुति : द वे अफ चेन्ज’को छायांकन अहिले पाँचथरको सुभाङमा भैरहेको छ । यो फिल्ममा उनको अपोजिटमा साम्राज्ञी शाहले अनस्क्रिन रोमान्स गर्दैछिन् । यो फिल्ममा हर्के हल्दारको भूमिकामा चर्चित टेलिभिजन कलाकार विष्णु सापकोटाको पनि अभिनय छ ।

गुपचुप छायांकन भैरहेको यो फिल्ममा भवानी संग्रौलको निर्माण तथा निर्देशन छ । अनिल संग्रौला मूभी मेकरको ब्यानरमा फिल्म बनिरहेको हो । यो फिल्मको बजेट १ करोड २५ लाख बताइएको छ ।

साम्राज्ञी भने पछिल्लोपटक ‘लण्डन टु पेरिस’को शीर्ष भूमिकामा देखिएकी थिइन् । उनका पछिल्ला फिल्मले कमजोर ब्यापार गरिरहँदा साम्राज्ञीमाथि ‘आहुति’ले बक्सअफिसमा उत्कृष्ट प्रस्तुति दिनुपर्ने दबाब छ ।

‘आहुति’मा साम्राज्ञीले ग्रामीण महिलाको भूमिका निर्वाह गरेकी छन् । पहिलोपटक उनी ग्रामिण रोलमा देखिएकी हुन् । प्राप्त भिडियोमा साम्राज्ञी र रिहान दुवैको क्यारेक्टर लुक्स देख्न सकिन्छ । पछिल्लो समय नेपालमै ब्यस्त रिहानले भने सांगीतिक अल्बम रिलिज गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?