
फाइल तस्वीर
९ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर भए पनि तोकिएको समयमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि नेपाल शिक्षक महासंघले बैठक बोलाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले ११ वैशाखमा नै कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेपछि महासंघले बैठक बोलाएको हो ।
‘महासंघको बैठक आज बस्दैछ । थप धारणा तय गर्छौं,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गर्ने निर्णय गरेपछि महासंघ रुष्ट भएको छ ।
शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा देशभरिका शिक्षक २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छ ।
शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान समेत प्रभावित बनेको छ भने कक्षा १२ को परीक्षामा समेत सहभागी नहुने भन्दै शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4