+
+
Shares

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिरिने कार्ययोजना बनाउन मन्त्रालयहरूलाई जिम्मेवारी

कार्यान्वयन प्रगति प्रत्येक महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने र सचिव बैठकमा समीक्षा गर्ने निर्णय समेत भएको कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १५:२१

९ वैशाख, काठमाडौं । नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिस्ट’ बाट हटाउने सम्बन्धमा सरोकारवाला मन्त्रालयहरूले कार्ययोजना बनाउनुपर्ने भएको छ ।

सोमबार बसेको सचिव बैठकले ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ कार्यान्वयनमा ल्याउन अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र गृह मन्त्रालयले आ–आफ्ना निकायगत कार्ययोजना बनाइ काम गर्ने निर्णय गरेको हो ।

त्यस्तै अन्य सम्बद्ध मन्त्रालय तथा निकायले आवश्यक सहयोग र समन्वय गर्नेसमेत निर्णय सचिव बैठकले गरेको छ । यस सम्बन्धमा सम्बन्धित सचिवले आफूसम्बद्ध र मातहतका जिम्मेवार कर्मचारी र पदाधिकारीलाई जानकारी गराउनुपर्ने छ ।

कार्यान्वयन प्रगति प्रत्येक महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने र सचिव बैठकमा समीक्षा गर्ने निर्णय समेत भएको कार्यालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?