+
+
Shares

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर

धनुषाको शहीदनगर नगरपालिका-५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) संजीव यादवले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १५:२५
फाइल तस्वीर

९ वैशाख, जनकपुरधाम । धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा छन् ।

धनुषाको शहीदनगर नगरपालिका-५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) संजीव यादवले बताए ।

इन्स्पेक्टर यादवका अनुसार सुशीलकी श्रमती ३० वर्षीया पविता साह गम्भीर अवस्थामा छिन् । उनको उपचार प्रादेशिक अस्पतालको भेन्टिलेटरमा भइरहेको छ ।

प्रहरीका अनुसार सोमबार साँझ ६ :४० बजेको समयमा घरमै आमासहित सन्तानहरु विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो । अस्पताल लैजाँदा तीनैजनाको मृत्यु भइसकेको थियो ।

राति पौनै ९ बजे मात्र प्रहरीलाई खबर आएपछि घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घरायसी विवादमा पविताले तीनै छोराछोरीलाई विष सेवन गराई हत्या र आफूले स्वयम विष सेवन गरी आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?