+
+
Shares

१० प्रतिशत मूल्य बढिरहेका दुई माइक्रोइन्स्योरेन्स, कति पुग्ला मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १७:१८

९ वैशाख, काठमाडौं । बजार घटे पनि विगत एक साताभन्दा बढी समयदेखि दुई कम्पनीको मूल्य लगातार १० प्रतिशत बढिरहेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढिरहेको हो । मंगलबार नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेसँगै ७८३ रुपैयाँ ४० पैसा पुगेको छ ।

त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य त्यति नै बढेर ६४७ रुपैयाँ ७० पैसा पुगेको छ । यी दुई कम्पनीको मूल्य अझै केही दिन लगातार बढ्ने आधार बनेका छन् ।

लगातार बढ्नुमा आपूर्तिको सीमितता पनि एउटा कारण हो । नेपाल माइक्रो र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स दुवैको समान २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी भएको हो । यो पुरा सेयर पनि अहिले कारोबारमा आउन सक्दैन । म्युचुअल फन्डलाई छुट्याएको सेयरमा लकइन अवधि बाँकी छ । त्यसैले आपूर्ति ज्यादै न्यून छ ।

अर्कोतर्फ यी दुवै कम्पनी हालै बजारमा सूचीकृत भएका हुन् । त्यसैले आईपीओ पाएकाले १०/१० कित्ताका दरले मात्रै बिक्रीमा आउँछ । जबसम्म बजारमै खरिद गरेर एकैपटक ठूलो मात्रामा आपूर्ति आउँदैन तबसम्म मूल्य बढिरहने सम्भावना रहन्छ ।

बजारमा कारोबार भइरहेको उस्तै प्रकृतिको कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य मंगलबार २५२५ रुपैयाँ छ । त्यसैले यी कम्पनीको मूल्य पनि उहीं हाराहारीमा पुग्ने अनुमान छ ।

दोस्रो त्रैमासिक रिपोर्टअनुसार गार्डियनको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९ पैसा तथा नेटवर्थ १०७ रुपैयाँ छ । त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ७ पैसा तथा प्रतिसेयर नेटवर्थ १ सय रुपैयाँ ९८ पैसा छ भने क्रेस्ट माइक्रोलाइफको प्रतिसेयर अम्दानी १ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ६३ पैसा छ ।

साना–साना व्यवसाय, न्यून तथा मध्यम आय भएका व्यक्तिलाई लक्षित गर्दै ग्रामीण तहसम्म बीमा गर्ने उद्देश्यले यी माइक्रो इन्स्योरेन्स सञ्चालनमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?