
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत
१० बैशाख, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भनी अपवाह फैलाएको भन्दै एक अनलाइनलाई अवहेलनामा कारवाही गर्नुपर्ने भनी सर्वोच्च अदालतमा प्रतिवेदन पेश भएको छ ।
सर्वोच्च अदालतमा कार्यरत नासु कमला रेग्मी र कम्प्युटर अपरेटर रमेश बजगाईंले ‘नेपाल पेन’ अनलाइनलाई अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्च अदालतमा प्रतिवेदन पेश गरेका हुन् ।
उक्त प्रतिवेदन सर्वोच्चका न्यायाधीशहरु अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासमा पेश भएको छ ।
उक्त अनलाइनले प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको भनी समाचार प्रकाशित गरेको थियो । पछि उक्त समाचारको विषयवस्तु अनलाइनले हटाएको छ ।
उक्त अनलाइनको वेबसाइटमा प्रधानसम्पादक डा. दिपेश केसी र कार्यकारी सम्पादकमा सचिना बानियाँको नाम उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4