+
+
Shares

निजामती विधेयकमा माओवादीको ३ बुँदे असहमति

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १२:०२
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे । फाइल फोटो

१० वैशाख, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले तीन बुँदे असहमति राखेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले असहमति जनाएका हुन् ।

उनले कुलिङ पिरियड अतिरिक्त सचिव र भेटेरेनरीको तहका विषयमा असहमति राखेका हुन् ।

हाल कुलिङ पिरियड एक वर्ष राख्ने गरी विधेयकको प्रतिवेदन तयार भएको छ । यसमा असहमति राख्दै पाण्डेले कुलिङ पिरियड कम्तीमा दुई वर्ष राख्नुपर्ने बताए

यसैगरी सचिव र सहसचिवको संख्या यथावत राखेर अतिरिक्त सचिवको थप पद सिर्जना गर्ने प्रयास भएको भनेर पनि पाण्डेले असहमति राखे ।

‘अतिरिक्त सचिव राख्न आवश्यक छैन,’ पाण्डेले भने । यदि सचिव र सहसचिवको संख्या घटाउँदाको अवस्थामा भने अतिरिक्त सचिवको विषयमा छलफल गर्न सकिने धारणा छ ।

पाण्डेले भेटेरेनरीमा ८ औं तह राख्न आवश्यक रहेको उनले बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट आज संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?