+

नेपाली तेक्वान्दो टोली जापान जाँदै

२०८२ वैशाख  १० गते १३:१० २०८२ वैशाख १० गते १३:१०
नेपाली तेक्वान्दो टोली जापान जाँदै

१० बैशाख, काठमाडौं । वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्ने भएको छ ।

यही अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा खेलाडीले ग्योरोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

३० केजीमुनि हृदयणी बस्नेत, ३४ केजीमुनि जोलिना बस्नेत, २४ केजीमुनि सोहन पाठक, यू–१२ एकल पुम्सेमा सक्षम श्रेष्ठ र यू–१४ एकल पुम्सेमा आश्रय उपाध्यायले प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा सरोज तामाङ रहेका छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् । काजलले यसै प्रतियोगिताको २०औं संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

नेपाली तेक्वान्दो टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय