+
+
Shares

नेपाललाई माल्टाको र पण्डितलाई साइप्रसको गैरआवासीय राजदूतको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १३:१२
वायाँबाट- शनिल नेपाल र प्रा. धनप्रसाद पण्डित

१० वैशाख, काठमाडौं । नेपाल सरकारले स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललाई माल्टाका लागि र इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितलाई साइप्रसका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा आज नेपाल र पण्डितलाई गैरआवासीय राजदूतको पनि जिम्मेवारी दिएका हुन् ।

राष्ट्रपति पौडेलले उनीहरुलाई संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा गैरआवासीय राजदूतको रुपमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?