+
+
Shares

आस्था राउत भन्छिन् : पहिले पानीपँधेरोमा हुने विभेद अहिले सामाजिक संजालमा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १३:५३

काठमाडौं । गायिका आस्था राउत समसामयिक सन्दर्भमा मुखर सुनिन्छिन् । उनको टाइमलाइन स्क्रोल गर्दा उनी सामयिक सन्दर्भमा टिप्पणी गरिरहेकी हुन्छिन् ।

राजनीतिदेखि सामाजिक मुद्दामा राउत ‘काउन्टर’ विचार राखिरहेकी हुन्छिन् । कहिले उनी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको भनिएको संसदीय समितिको प्रतिवेदनको कुरा लेख्छिन् भने कहिले शिक्षक आन्दोलनको सन्दर्भमा मत जाहेर गर्छिन् ।

मंगलबारको नयाँ पोस्टमा उनले सामाजिक संजालमा विभेद देखापरेको लेखेकी छन् । पहिले पानीपँधेरोमा हुने विभेदलाई अहिले मानिसले सामाजिक संजालको नयाँ स्वरुपमा भोगिरहेको र यो निन्दनीय रहेको उनको तर्क छ ।

असन्तुष्टि राख्दा जातभात र धर्ममा नजान उनले आग्रह गरेकी छन् । लेख्छिन्, ‘पहिले पानी पँधेरोमा हुने विभेद अहिले मानिस सामाजिक सञ्जालको नयाँ स्वरुपमा भोगिरहेका छन् र यो एकदम निन्दनीय छ । मेरो विनम्र अनुरोध, आफ्नो असन्तुष्टि राख्दा जातभातमा, धर्ममा नजानुहोस् । मानवता नबिर्सिनुहोस् । बिन्ति छ ।’

आस्थाले गतवर्ष ‘लै बरी लै’ गीत ल्याएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?