+
+
Shares

विद्यालय शिक्षा विधेयक संसद्‌मा प्रस्तुत गर्नेगरी क्यालेन्डर सुरक्षित गर्नेछौं : सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १४:०६

१० वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिबाट प्रतिवेदन आउनासाथ संसद्‌बाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया सुरु गर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा उनले उक्त विधेयक संसद्मा प्रुस्तुत गर्नेगरी क्यालेन्डर सुरक्षित गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ । उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको छ । जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं,’ सभामुख घिमिरेले बैठकमा भनेका छन् ।

नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान राख्दै शिक्षा र निजामती लगायतका विधेयक पारित गर्ने तयारी अवस्थामा बस्नुपर्ने बताएका छन् ।

‘समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरु गर्छ । निजामति विधेयक पनि समितिबाट आउने अवस्थामा छ,’ संसद् सचिवालयले सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै भनेको छ, ‘नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामति लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?