+
+
Shares

तीनकुने घटनाका फरार आरोपित मिनोज थापा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १७:५५

१० वैशाख, काठमाडौं । तीनकुने घटनाका एक फरार आरोपित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–३ घर भएका ४० वर्षीय मनोज भनिने मिनोज थापा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेको छ । भक्तपुरको साँगाबाट पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।

दुर्गा प्रसाईंको नेतृत्वमा १५ चैतमा तीनकुनेमा राजावादीहरुको प्रदर्शन भएको थियो । प्रदर्शन हिंसात्मक बन्दा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भयो ।

व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । निजी सम्पत्तिमा ठूलो क्षति भयो । सवारी साधन जलाइए । प्रहरीको बन्दुक लुटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?