+
+
Shares

धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–३, लालभित्तिकी ७४ वर्षीया दुर्गादेवी महतो रहेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १८:३८

१० वैशाख, जनकपुरधाम । धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–३, लालभित्तिकी ७४ वर्षीया दुर्गादेवी महतो रहेकी छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घर नजिक लालभित्तिचोकमा बुधबार दिउँसो ४ बजे उनलाई पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ६१०० नम्बरको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?