+
+
Shares

शिक्षामन्त्रीको वरीयता : विद्यालाई अठारौं, रघुजीलाई आठौं

२४ सदस्यीय बन्यो ओली क्याबिनेट

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते २०:०२

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।

०८१ असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले सोही वर्ष साउन १८ गते मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । तर, गत ८ वैशाखमा एमाले नेतृ विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि ओलीले आज (बुधबार) मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

ओलीले पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्दा शिक्षामन्त्रीको वरीयता १८ औं नम्बरमा राखिएको थियो ।

अहिले भने उक्त वरीयता बढाएर आठौंमा ल्याइएको छ । नवनियुक्त शिक्षामन्त्री पन्तलाई परराष्ट्रमन्त्री आरजु राणाभन्दा पछाडिको वरीयतामा राखिएको छ ।

पार्टीमा पनि भट्टराई भन्दा पन्त सिनियर नेता हुन् । पन्त एमालेका स्थायी कमिटी सदस्य हुन् भने भट्टराई केन्द्रीय सदस्य हुन् ।

त्यस्तै, आजको पुनर्गठनमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तीमा परेका छन् । तामाङ बर्खास्तमा परेसँगै ओली क्याबिनेट २४ सदस्यीय बनेको छ ।

यसअघि मन्त्रिपरिषद् २५ सदस्यीय थियो ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?