+
+
Shares

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले शिक्षकहरुलाई भन्यो– पढाइ सुरु गर

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते ८:०९

११ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विद्यालयको नियमित गतिविधि र पठनपाठन सुरु गर्न अनुरोध गरेको छ ।

बुधबार नगरप्रमुख टोक बहादुर वाईबाले विज्ञप्ति जाँदै गर्दै ११ वैशाखदेखि नगरपालिकाभित्रका सबै विद्यालयहरुमा पढाइ सुरु गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावकहरुलाई अनुरोध गरेका हुन् ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार र स्थानीय सरकारको कर्तव्य, जिम्मेवार जनताको सरकारको हैसियतले हाल उत्पन्न समग्र शिक्षा क्षेत्रको विषयमा मण्डनदेउपुर नगरपालिका गम्भीर र जिम्मेवार छ । जुनसुकै अवस्थामा पनि बालबालिकाको पठनपाठन अवरुद्ध हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो,’ विज्ञप्तिमा भनिएको छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका सरकारी स्कुलका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा होमिँदा नयाँ शैक्षिक सत्रको पढाइ र अन्य शैक्षिक गतिविधि ठप्प भएको छ ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले शिक्षकहरुको जायज माग तत्काल पुरा गर्न संघीय सरकारसँग आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?