+

आर्सनल प्यालेससँग बराबरीमा रोकियो

२०८२ वैशाख  ११ गते ८:३० २०८२ वैशाख ११ गते ८:३०
आर्सनल प्यालेससँग बराबरीमा रोकियो

११ वैशाख, काठमाडौं । प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनल क्रिस्टल प्यालेससँग २-२ को बराबरीमा रोकिएको छ ।

क्रिस्टल प्यालेसलले दुई पटक पछि परेको अवस्थामा पनि गोल गर्दै आर्सनलसँग बराबरी खेलेको हो ।

यस बराबरीले शीर्ष स्थानको लिभरपुललाई फाइदा पुगेको छ र अब उपाधि जित्न जम्मा १ अंक आवश्यक छ । बराबरीपछि आर्सनलको ३४ खेलबाट ६७ अंक छ । एक खेल कम खेलेको लिभरपुल ७९ अंकसहित शीर्ष स्थानमा छ ।

अब लिभरपुललाई उपाधि जित्न आइतबार हुने टोटनहमसँगको खेलमा १ अंक जोडेपनि पुग्नेछ ।

आर्सनलले घरेलु मैदानमा ज्याकुव किविरको गोलमा खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । तर इबेरेची एजेले २७औं मिनेटमा क्रिस्टल प्यालेसका लागि बराबरी गोल फर्काए ।

लियोन्ड्रो ट्रोसार्डले ४२औं मिनेटमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा फेरि अग्रता दिलाएका थिए । तर वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका प्लेसका जिन फिलिप माटेटाले ८३औं मिनेटमा बराबरी गोल फर्काए । उनी मैदान प्रवेश गरेको तेस्रो मिनेटमै गोल गरे ।

आर्सनल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय