+
+
Shares

विपक्षी मोर्चालाई कसिलो बनाउने माओवादी रणनीति

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १०:५०

११ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको मोर्चाबन्दीलाई कसिलो बनाउन प्रयास गर्ने भएको छ ।

संघीय संसदको वर्षे अधिवेशनको पूर्वसन्ध्यामा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो नीति अवलम्बन गर्ने निचोड निकालेको हो ।

यसअघि पनि संसदमा विपक्षी दलहरू विषयका आधारमा एकतावद्ध भएर प्रस्तुत भएका थिए । सत्तापक्षले विपक्षी दललाई फाटोमा राख्न प्रयास गर्न सक्ने तर फेरि पनि आफूहरु सरकारको कामकारबाही र बजेटका विषयमा एक भएर प्रस्तुत हुनुपर्छ भन्नेमा रहेको माओवादी नेताहरू बताउँछन् ।

बिहीबारको संसदीय दलको बैठकले संसदीय गतिविधिका विषयमा विपक्षी दलहरूसँग संवाद गर्ने निर्णय पनि गरेको छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विपक्षी दलहरूसँग छलफल गरेरै संसदीय गतिविधिहरूका विषयमा साझा धारणा बनाइनेछ ।

‘… प्रमुख प्रतिपक्षी दलको तर्फबाट अरु प्रतिपक्षी दलहरूसँग पनि सहकार्य गर्ने, छलफल गर्ने र उहाँहरू (सत्तापक्ष)सँग पनि समस्याहरू समाधान गर्नका लागि छलफल गर्नुपर्ने हुन्छ’ पाण्डेले भने ।

शिक्षकहरू सडक आन्दोलनमा रहेकाले उनीहरूको माग सम्बोधन गर्नका लागि समेत सरकारलाई दबाब दिनका लागि विपक्षी दलहरूका बीचमा छलफल गरिने उनले बताए ।

निजामती विधेयक अगाडि बढाउन समेत पहल लिने माओवादीको निर्णय छ ।

यस्तै, नीति तथा कार्यक्रम र बजेट जनताको पक्षमा आउनुपर्ने यस निम्ति पहल गर्ने पनि माओवादी संसदीय दलको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?