
चियापानमा सहभागी नेता कार्यकर्ता
११ वैशाख, काठमाडौं । कांग्रेस नेता शशांक कोइरालाले महारागन्जस्थित निवासमा चियापान कार्यक्रम गरेका छन् ।
पार्टीका पूर्वपदाधिकारी लगायत नेताहरुलाई निमन्त्रणा गरेर उनले आज चियापान कार्यक्रम आयोजना गरेका हुन् ।
आगामी महाधिवेशनमा छुट्टै समूह बनाउने उद्देश्यले चियापानसँगै नेताहरूले छलफल चलाएका छन् ।
नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, प्रकाशशरण महतसहितको बैठक सुरु भएको छ ।
चियापानमा नेताहरु एनपी साउद, दिलेन्द्र बडु, पुस्पा भुसाल, दीपक गिरी, अम्बिका बस्नेत,गुरु बराल, नैन सिंह महर, राजीव ढुंगाना, शिव हुमागाईं लगायत सहभागी छन् ।
अरु नेता कार्यकर्ता चियापान गरिरहेका बेला शशांकसहितका पूर्वपदाधिकारीहरू छुट्टै बैठक बसेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4