+

हिमालयन जाभा बास्केटबल लिग २० वैशाखदेखि हुने

२०८२ वैशाख  ११ गते १३:३६ २०८२ वैशाख ११ गते १३:३६
हिमालयन जाभा बास्केटबल लिग २० वैशाखदेखि हुने

११ वैशाख, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा दी हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) हुने भएको छ । नेबाले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यही बैशाख २० गतेदेखि लिग हुने जानकारी दिएको हो ।

पहिलो पटक आयोजना हुन लागेको यो विकेण्ड लिग प्रतियोगिता भएपनि वर्षाको माैसमले गर्दा शनिबार र आइतबारसँगै मंगलबार र बुधबार पनि खेलाइने छ ।

प्रतियोगितामा नेपालको उत्कृष्ट ६ बास्केटबल क्लबको सहभागिता रहने नेबाका अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिए । सहभागी ६ टिममा टाईम्स, हाउण्ड्स, कीर्तिपुर, रोएल्स, गोल्डेनगेट, सामाखुशी बास्केटबल टिम रहेका छन् ।

यस बास्केटबल लिगमा कूल ३२ खेल हुनेछ । जसमा डबल राउण्ड रोविनका आधारमा ३० खेल हुनेछ भने दुई प्लेअफ खेल हुनेछ । हरेक टिमले अर्को टिमसँग दुई-दुई खेल खेल्नेछ ।

राखेप बाहिरको आउटडोर कोर्टमा हुने प्रतियोगिता माैसमको कारणले गर्दा यस पटक सिंगल भेन्युमै गर्ने आयोजकले जनाएको छ । यद्यपी खेलको वैकल्पिक भेन्यु राखेप इन्डोर हल र कीर्तिपुरको हललाई पनि राखिएको छ ।

बास्केटबल लिग आयोजनाका लागि यसअघि नै नेपाल बास्केटबल संघ र हिमालयन जाभाबीच सम्झौता भइसकेको छ । नेपाली बास्केटबल खेल र खेलाडीको विकासका लागि यो लिग आयोजना गर्न लागेको नेबा अध्यक्ष गुरुङले बताए ।

‘पहिलो पटक हामीले विकेण्डमा मात्र खेलहरु खेलाउने गरी यो प्रतियोगिता गर्न लागेका छौँ । धेरै समयदेखि यसमा छलफल गरिरहेका थियाैं । यो पहिलो वर्ष हो र यसलाई निरन्तरता दिने योजना छ ।यसले खेलाडी र बास्केटबल समर्थकहरुका लागि खेल हेर्न राम्रो अवसर सिर्जना गर्ने विश्वास लिएका छौं’ नेबा अध्यक्ष गुरुङले भने ।

प्रतियोगिताको अनुमानित बजेट १५ लाख छ भने पुरस्कारको घोषणा पछि गरिने आयोजकले जनाएको छ ।

हिमालयन जाभाको तर्फबाट उपस्थित भएका दिवाकर झाले अब कफि सपको कल्चरबाहेक खेलकुखको विकासमा पनि सहयोग गर्ने लक्ष्यका साथ बास्केटबसँग सहकार्य गरेको बताए ।

हिमालयन जाभा बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय