
११ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट हुँदै नेपाल आउनासाथ पक्राउ परेका चार भुटानी शरणार्थीलाई अमेरिका जानुअघिको अवस्थामा राख्न सरकारका नाममा आदेश दिएको छ ।
न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरुलाई अमेरिका जानुअघिको अवस्थामै राख्न आदेश दिएको हो । अमेरिकामा तेस्रो देशमा पुनर्वास हुनुअघि उनीहरू झापाको शरणार्थी शिविरमा थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अच्यूत कुइकेलका अनुसार उनीहरुलाई झापाको बेलडागी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा स्थानहद तोकेर राख्नु भनी आदेश दिएको हो ।
सर्वोच्चको आदेश अनुसार अब प्रहरीले उनीहरुलाई थुनामुक्त गर्नुपर्नेछ ।
सर्वोच्च अदालतले दुई महिनाभित्र उनीहरूमाथिको अनुसन्धान टुंग्याउन पनि आदेश जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4