११ वैशाख, काठमाडौं । आगामी जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक टी-२०आई शृंखलाको तालिका सार्वजनिक भएको छ । क्रिकेट स्कटल्यान्डले आगामी जुनमा ग्लास्गोको क्लाइडसडेल क्रिकेट क्लबमा हुने शृंखलाको तालिका बिहीबार सार्वजनिक गरेको हो ।
नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्यान्डबीचको आईसीसी विश्वकप लिग २ शृंखलाअन्तर्गत ओडिआई खेलहरू सकिएपछि टी-२०आई शृंखला पनि हुनेछ ।
यस सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ । यस सिरिजले आगामी जुलाईमा हुने पुरुष टी-२०आई विश्व कप छनोट प्रतियोगिताको तयारीका लागि सहयोगी हुने अपेक्षा गरिएको छ।
सबै खेलहरू बेलायती समयअनुसार दिउँसो २ बजेदेखि सुरु हुने जनाइएको छ । जसअनुसार नेपाली समय साँझ ६:४५ देखि खेल सुरु हुनेछ ।
खेल तालिका :
आइतबार १५ जुन: स्कटल्यान्ड भर्सेस नेदरल्याण्ड्स
सोमबार १६ जुन: नेदरल्याण्ड्स भर्सेस नेपाल
मंगलबार १७ जुन: स्कटल्यान्ड भर्सेस नेपाल
बुधबार १८ जुन: नेदरल्याण्ड्स भर्सेस नेपाल
बिहीबार १९ जुन: स्कटल्यान्ड भर्सेस नेदरल्याण्ड्स
शुक्रबार २० जुन: स्कटल्यान्ड भर्सेस नेपाल
प्रतिक्रिया 4